काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोधमा संयुक्त विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेका छन्।
६२औँ विद्यार्थी दिवसको अवसरमा त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म र्याली निकाल्दै उनीहरूले सरकारको कदमको विरोध गरेका हुन्।
प्रदर्शनकारीहरूले विश्वविद्यालयको स्वायत्तता, शैक्षिक स्वतन्त्रता र प्रहरीको सट्टा शैक्षिक वातावरण बलियो बनाउनुपर्ने माग राख्दै नारा लगाएका थिए।
उनीहरूले प्रतिबन्धको प्रयासले शैक्षिक क्षेत्र कमजोर हुने भन्दै तत्काल निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।






