Friday, June 05, 2026
Home > स्थानीय समाचार > ८ वर्षको संघर्षपछि मोरङकी परिवारलाई नागरिकता, जीवनमा नयाँ अध्याय सुरु

८ वर्षको संघर्षपछि मोरङकी परिवारलाई नागरिकता, जीवनमा नयाँ अध्याय सुरु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ की मूर्ति भगत चौधरीले आठ वर्षको लामो संघर्षपछि आफ्ना तीन सन्तानको नागरिकता बनाउन सफल भएकी छन्।

नागरिकता प्राप्त भएको खुसीमा उनले जिल्ला प्रशासन कार्यालयमा कर्मचारी र सेवाग्राहीलाई मिठाई बाँड्दै खुशी साटेकी थिइन्।

आमाको निरन्तर प्रयास र कानुनी प्रक्रियापछि तीन सन्तान दीक्षा, प्रेक्षा र ओमले नागरिकता पाएसँगै उनीहरूको अध्ययन, रोजगारी र विदेश जाने योजनामा बाटो खुलेको छ।

प्रशासनका अनुसार आवश्यक सनाखत प्रक्रिया पूरा गर्न ढिलाइ भएपछि प्रहरीको सहयोगमा सम्बन्धित व्यक्तिलाई उपस्थित गराएर प्रक्रिया अगाडि बढाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *