काठमाडौं । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशमा ५५ करोड ५५ लाख रुपैयाँ बेरुजु देखिएको छ।
कोशीका २०८ कार्यालयको लेखापरीक्षण गर्दा कुल खर्चको १.१२ प्रतिशत बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ।
प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेशमा देखिएको छ। मधेसका १५० कार्यालयमा गरिएको लेखापरीक्षणबाट १ अर्ब ८७ करोड रुपैयाँ बेरुजु फेला परेको छ, जुन ३.७७ प्रतिशत हो।
सबैभन्दा कम बेरुजु भने बागमती प्रदेशमा रहेको प्रतिवेदनले जनाएको छ।


