Friday, June 05, 2026
Home > स्थानीय समाचार > प्रदेशका विज्ञापनमा स्थानीय मिडियालाई प्राथमिकता

प्रदेशका विज्ञापनमा स्थानीय मिडियालाई प्राथमिकता

विराटनगर — कोशी प्रदेशसभाले ‘आमसञ्चार सम्बन्धी विधेयक’ सर्वसम्मत पारित गरेको छ। संशोधनपछि विवादित प्रावधान हटाइएका छन्।

विधेयकले अब प्रदेश र स्थानीय तहका विज्ञापनमा प्रदेशकै सञ्चार माध्यमलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ। साथै सञ्चारकर्मीको क्षमता विकास र मिडिया सशक्तीकरणका लागि ‘आमसञ्चार प्रतिष्ठान’ गठन गरिनेछ।

जरिवाना रकम घटाइएको छ भने प्रेस स्वतन्त्रतामाथि असर पर्ने प्रावधानहरू परिमार्जन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *