Friday, June 05, 2026
Home > मुख्य समाचार > सरकारद्वारा मन्त्रालय पुनर्संरचना सुरु, १८ मन्त्रालय कायम

सरकारद्वारा मन्त्रालय पुनर्संरचना सुरु, १८ मन्त्रालय कायम

सरकारले प्रशासनिक सुधार र मितव्ययिताका लागि संघीय मन्त्रालयको संख्या घटाएर १८ कायम गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार समान प्रकृतिका मन्त्रालयहरू गाभेर नयाँ संरचना लागू गरिएको हो।

नयाँ व्यवस्थाअनुसार भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी मन्त्रालयलाई गाभेर ‘पूर्वाधार विकास मन्त्रालय’ बनाइएको छ। शिक्षा मन्त्रालयमा खेलकुद थपिएको छ भने विज्ञान–प्रविधिलाई अलग गर्दै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरिएको छ।

यसैगरी श्रम मन्त्रालयमा युवा क्षेत्र र महिला मन्त्रालयमा सामाजिक सुरक्षा तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी जिम्मेवारी समेत थपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *