Friday, June 05, 2026
Home > स्थानीय समाचार > मधेस सरकारलाई समर्थन गर्ने विषयमा जसपा नेपालभित्र मतभेद

मधेस सरकारलाई समर्थन गर्ने विषयमा जसपा नेपालभित्र मतभेद

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवलाई विश्वासको मत दिने वा नदिने विषयमा जनता समाजवादी पार्टी भित्र मतभेद देखिएको छ।

पार्टीको संसदीय दल बैठकले स्पष्ट निर्णय गर्न नसकेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने समयसमेत हेरफेर गरेका छन्। केही सांसदले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने बताएका छन् भने केहीले सरकारको कार्यसम्पादन कमजोर रहेको भन्दै असन्तुष्टि जनाएका छन्।

जसपा नेपालभित्र सरकारमा सहभागी हुने, नेतृत्व लिने तथा संसदीय दलको नेता चयन गर्ने विषयमा समेत आन्तरिक छलफल तीव्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *