एजेन्सी । इरानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गमा जहाज आवतजावतका लागि नयाँ व्यवस्थापन प्रणाली लागू गर्ने घोषणा गरेको छ।
नयाँ प्रणालीअनुसार इरानसँग सहकार्य गर्ने देशका व्यापारिक जहाजलाई प्राथमिकता दिइने र उनीहरूलाई विशेष सेवा सुविधा तथा शुल्क प्रणाली लागू गरिनेछ।
इरानी अधिकारीहरूले यो कदमलाई सार्वभौमसत्ता र समुद्री व्यापार सुरक्षासँग जोडिएको बताएका छन्।
यसैबीच, इरानका अधिकारीहरूले केही खाडी देशहरूलाई चेतावनी दिँदै क्षेत्रीय तनाव बढ्ने संकेत गरेका छन्।
विश्व तेल आपूर्तिको मुख्य मार्ग मानिने होर्मुज जलमार्गमा हुने कुनै पनि परिवर्तनले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा बजारमा असर पार्न सक्ने विश्लेषण गरिएको छ।


