Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > “म संसद चलाउन सक्छु, अफवाह नफैलाइयोस्” — उपसभामुख रुबी ठाकुर

“म संसद चलाउन सक्छु, अफवाह नफैलाइयोस्” — उपसभामुख रुबी ठाकुर

रुबीकुमारी ठाकुर ले आफूले संसद चलाउन नसकेको भन्ने हल्लाप्रति असन्तुष्टि जनाएकी छन्। प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिनामै आलोचना र ट्रोलको सामना गरिरहेकी उनले आफू अझै संसदीय प्रक्रिया सिक्ने क्रममा रहेको बताइन्।

पहिलोपटक उपसभामुखको आसनमा बस्दा आफूलाई “फिल्मको न्यायाधीशजस्तो महसुस भएको” भन्दै उनले जिम्मेवारी निभाउन सक्षम रहेको दाबी गरिन्। सभामुख अनुपस्थित हुँदा अर्की सांसदले बैठक चलाएको विषयलाई लिएर फैलाइएको भ्रमप्रति पनि उनले आपत्ति जनाइन्।

हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीबाट राजनीतिमा आएकी ठाकुरले मिडियाले साना विषयलाई बढाइचढाइ गर्ने गरेको आरोपसमेत लगाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *