Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मुस्ताङमा ठूलो परिमाणमा भेप र सामान बरामद, तीन जना पक्राउ

मुस्ताङमा ठूलो परिमाणमा भेप र सामान बरामद, तीन जना पक्राउ

मुस्ताङ । मुस्ताङको लोमान्थाङ–४ एक्लेभट्टी क्षेत्रमा ५९० कार्टुन इलेक्ट्रिक चुरोट (भेप) सहित दुई कन्टेनर नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले जेठ १ गते राति चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।

बरामद भेपसँगै २५९ कार्टुन जुत्ता, ८ बोरा मोजा, १५ बोरा कपडा र खाली प्याकेजिङ बक्स पनि फेला परेको छ।

यस घटनामा धादिङ, सिन्धुपाल्चोक र भोटेकोशी क्षेत्रका तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान भन्सार कार्यालयमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *