काठमाडौं । मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास (अधिक मास) मेला सुरु भएको छ।
‘मलमास मेला’का रूपमा परिचित यस धार्मिक मेलामा काठमाडौं उपत्यकासहित देशभरबाट हजारौँ भक्तजन दर्शन र पूजा गर्न पुगेका छन्।
धार्मिक विश्वासअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गरे पुण्य प्राप्त हुने मान्यता छ। मन्दिरमा रहेको मत्स्य अवतारको मूर्ति र आकर्षक प्रवेशद्वार भक्तजनका मुख्य आकर्षण बनेका छन्।







