सुर्खेत, जेठ १९ — कपडा पसलको आवरणमा अवैध वित्तीय कारोबार सञ्चालन गरेको आरोपमा ६३ वर्षीय श्यामसुन्दर अग्रवाल पक्राउ परेका छन्।
प्रहरीले वीरेन्द्रनगरस्थित उनको पसल र कोठामा छापा मार्दा करिब ३ करोड रुपैयाँ बराबरको सुनचाँदीका गरगहना, लाखौँ रुपैयाँ नगद तथा भारतीय मुद्रा बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार अग्रवालले सुन धितो राखेर चर्को ब्याजमा ऋण दिने र अवैध मुद्रा सटहीको कारोबार गर्दै आएका थिए। उनीमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर तथा अवैध मुद्रा विनिमयसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


