काठमाडौं । नेपाली कांग्रेसले आज सानेपास्थित केन्द्रीय कार्यालयमा आफ्ना सांसदहरूसँग अभिमुखीकरण तथा छलफल कार्यक्रम आयोजना गरेको छ।
कांग्रेस संसदीय मामिला सहजीकरण समितिले समसामयिक राजनीति र संसदीय गतिविधिबारे सांसदहरूलाई जानकारी गराएको हो।
कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूको सहभागिता रहेको थियो भने नेता गोविन्द पोखरेलले सहजीकरण गरेका थिए।


