काठमाडौं । गगन थापाले आज जेनजी अगुवाहरूसँग संविधान संशोधनबारे छलफल गर्ने भएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा हुने कार्यक्रममा १८ जना युवा अगुवालाई आमन्त्रण गरिएको छ।
कांग्रेसको संविधान संशोधन अध्ययन समितिले आयोजना गरेको छलफलमा संविधानविद् र प्राध्यापकहरू पनि सहभागी हुनेछन्। पार्टीले संविधान संशोधनका लागि विभिन्न पक्षबाट सुझाव संकलन अभियान चलाइरहेको जनाएको छ।


