Friday, June 05, 2026
Home > मुख्य समाचार > सगरमाथामा नयाँ इतिहास रच्ने शेर्पाद्वयलाई प्रधानमन्त्रीको बधाई

सगरमाथामा नयाँ इतिहास रच्ने शेर्पाद्वयलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री वालेन्द्र शाहले सगरमाथामा नयाँ विश्व कीर्तिमान बनाएका कामी रिता शेर्पा र लाक्पा शेर्पालाई बधाई तथा सम्मान व्यक्त गरेका छन्।

कामी रिताले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान नवीकरण गरेका हुन् भने लाक्पाले ११औँ पटक आरोहण गर्दै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने महिला आरोहीको विश्व कीर्तिमान कायम गरेकी छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै उनीहरूको साहस र समर्पणले नेपालको पर्वतीय पर्यटन र अन्तर्राष्ट्रिय पहिचानलाई थप उज्यालो बनाएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *