Friday, June 05, 2026
Home > खेलकुद समाचार > स्कटल्याण्डसँग बदला लिने लक्ष्यमा नेपाल

स्कटल्याण्डसँग बदला लिने लक्ष्यमा नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।

अघिल्लो भेटमा डीएलएसका आधारमा २ रनले पराजित भएको नेपाल आज जित निकाल्दै बदला लिने लक्ष्यमा छ। अमेरिकाविरुद्ध ९ विकेटको शानदार जितपछि नेपाल उच्च मनोबलमा मैदान उत्रिएको हो।

२६ खेलबाट २० अंक जोडेको नेपाललाई शीर्ष चारको सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने दबाब छ। जित निकाले नेपाल पाँचौँ स्थानमा उक्लिनेछ। यता, ३० खेलमा ३८ अंकसहित शीर्षस्थानमा रहेको स्कटल्याण्ड लगातार जितको लय कायम राख्न चाहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *