Friday, June 05, 2026
Home > मुख्य समाचार > सन्दीपको नयाँ इतिहास, स्टार्कको रेकर्ड भंग

सन्दीपको नयाँ इतिहास, स्टार्कको रेकर्ड भंग

सन्दीप लामिछाने ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका छन्।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा दुई विकेट लिएसँगै उनले ७३ खेलमै १५० विकेट पूरा गरेका हुन्।

यसअघि यो रेकर्ड मिचेल स्टार्क को नाममा थियो, जसले ७७ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए।

सन्दीप ओडीआईमा १५० विकेट पूरा गर्ने पहिलो एसोसिएट राष्ट्रका बलर समेत बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *