Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुम्बासीलाई केही हप्तामै लालपुर्जा दिने सरकारको तयारी

सुकुम्बासीलाई केही हप्तामै लालपुर्जा दिने सरकारको तयारी

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले केही हप्ताभित्रै सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरिने बताएकी छन् ।

उनका अनुसार पुराना संरचना प्रभावकारी नभएकाले सरकारले नयाँ संरचना र अध्यादेशमार्फत काम अघि बढाएको छ । नयाँ प्रणालीमार्फत सुकुम्बासी समस्या छिट्टै समाधान हुने उनको दाबी छ ।

मन्त्री रावलले सुकुम्बासी समस्या सरकारको प्राथमिकतामा रहेको भन्दै अबको केही हप्तामै परिणाम देखिने बताएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *