काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो दिन ३ सहकारीका ३७८ बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ। जसमध्ये कान्तिपुर सहकारीका २१५, शिवशिखर सहकारीका १५६ र पशुपति सहकारीका ७ जना छन् ।
समितिका अनुसार साना बचतकर्तालाई प्राथमिकतामा राख्दै क्रमशः सबैको बचत फिर्ता गरिनेछ। करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व रहेको छ ।
यसैबीच, सहकारीका ऋण असुली पनि तीव्र बनाइएको र हालसम्म २ करोड रुपैयाँभन्दा बढी असुल गरिएको समितिले जनाएको छ।


