Friday, June 05, 2026
Home > खेलकुद समाचार > नेपाल प्रिमियर लिग विवादका मुद्दा फिर्ता लिने जोरा स्पोर्ट्सको घोषणा

नेपाल प्रिमियर लिग विवादका मुद्दा फिर्ता लिने जोरा स्पोर्ट्सको घोषणा

काठमाडौं । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (CAN) विरुद्ध दायर गरेका नेपाल प्रिमियर लिग (NPL) सम्बन्धी सबै मुद्दा फिर्ता लिने घोषणा गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक अमिर अख्तरले राष्ट्रिय खेलकुद परिषद्को अनुरोध र पछिल्ला पत्राचारलाई सम्मान गर्दै अदालतमा दायर मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाइने बताएका छन्।

विज्ञप्तिमा NPL को स्वामित्व तथा बौद्धिक सम्पत्तिबारे आफ्नो दाबी कायमै रहेको उल्लेख गर्दै भविष्यमा पनि खेल क्षेत्रको विकास र सुधारका लागि सहकार्य तथा आवश्यक परे कानुनी कदम जारी रहने स्पष्ट पारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *