कोशी प्रदेशसभाको नवौं अधिवेशन बुधबारदेखि सुरु हुँदैछ। प्रदेशसभा सचिवालयका अनुसार अपरान्ह ३ बजेका लागि आह्वान गरिएको बैठकमा तीनवटा कार्यसूची रहेका छन् ।पहिलो बैठकमा प्रदेश खेलकुद ऐन संशोधन अध्यादेश टेबुल गरिनेछ भने बिहीबार प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने तयारी छ।


