झापामा दुई दिनको अवधिमा दुई अलग–अलग घटनामा दुई जना महिलाको हत्या भएको छ। दुवै घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
एक घटनामा आफ्नै पतिले पत्नीको हत्या गरेका छन् भने अर्को घटनामा मदिरा सेवनका क्रममा भएको विवादले एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ।


