रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्। बेइजिङमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ।
यो वर्षको पहिलो विदेश भ्रमणका रूपमा रहेको यस यात्रामा दुई देशबीच ऊर्जा, व्यापार र नयाँ ग्यास पाइपलाइन परियोजनाबारे छलफल हुने अपेक्षा गरिएको छ।


