Friday, June 05, 2026
Home > स्थानीय समाचार > हुम्लामा पहिरोले विद्यालयसहित पूर्वाधारमा क्षति

हुम्लामा पहिरोले विद्यालयसहित पूर्वाधारमा क्षति

हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा पहिरो जाँदा डाँफे आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ। मंगलबार रातिको अविरल असिनापानीपछि पहिरो खसेको हो।

पहिरोले विद्यालयसँगै स्थानीयका गोठ र खेतबारी पनि प्रभावित भएका छन्। विद्यालय प्रयोग गर्न नसकिने अवस्थामा पुगेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *