हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा पहिरो जाँदा डाँफे आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ। मंगलबार रातिको अविरल असिनापानीपछि पहिरो खसेको हो।
पहिरोले विद्यालयसँगै स्थानीयका गोठ र खेतबारी पनि प्रभावित भएका छन्। विद्यालय प्रयोग गर्न नसकिने अवस्थामा पुगेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


