धनुषाको गणेशमान चारनाथ नगरपालिकामा क्रसर तथा बालुवा उद्योगहरूको अनुगमन क्रममा सञ्चालकहरूले कर्मचारीलाई धम्की दिएपछि अनुगमन नै रोकिएको छ। अधिकांश क्रसर नवीकरणबिनै सञ्चालन भइरहेको र अवैध उत्खनन भइरहेको पाइएको छ।
करिब ३ लाख ३१ हजार घनमिटर बालुवा–गिट्टीको स्रोत अस्पष्ट भेटिए पनि राजनीतिक संरक्षणका कारण कारबाही अघि नबढेको आरोप छ।
यसैबीच, प्रहरीमाथि आक्रमणदेखि विगतका हिंसात्मक घटनासम्मले क्रसर माफियाको दबदबा देखिएको भन्दै स्थानीयले नदी दोहनले चुरे क्षेत्रमा वातावरणीय संकट बढ्दै गएको चेतावनी दिएका छन्।


