कोशी प्रदेशको तराई क्षेत्रमा सिटी सफारी दुर्घटना तीव्र रूपमा बढ्दै गएको छ। पछिल्लो तीन वर्षमा सिटी सफारीसँग सम्बन्धित १,६७५ दुर्घटनामा ५३ जनाले ज्यान गुमाएका छन्।
प्रहरीका अनुसार चालकको लापरबाही, तीव्र गति र ट्राफिक नियम उल्लंघन दुर्घटनाका मुख्य कारण हुन्। मोरङ, सुनसरी र झापा सबैभन्दा बढी प्रभावित जिल्ला बनेका छन्।


