विराटनगर–७ बाट प्रहरीले भन्सार छली गरेर ल्याइएको प्रोटिन ‘सी’ पाउडर बरामद गरेको छ। घरमा लुकाएर राखिएको अवस्थामा ४४३ बट्टा पाउडर फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामानको मूल्य करिब २ लाख २१ हजार रुपैयाँ रहेको छ। प्रहरीले सामान भन्सार कार्यालयमा बुझाएर थप प्रक्रिया अघि बढाएको जनाएको छ।


