नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई संसद् (सदन) प्रति रुचि नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले परम्परा र संस्थागत मर्यादा भत्काउने काम गरिरहेको आरोप लगाए । उनले सदनको सम्मान र संसदीय अभ्यासलाई कमजोर बनाइँदै गएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।


