काठमाडौं, ११ चैत — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनको क्रममा आफ्नो घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएका भिडियोलाई एआईबाट निर्माण भएको हुनसक्ने बताएका छन्।
देउवाले जाँचबुझ आयोगलाई दिएको बयानमा आफूले आन्दोलनमा कुनै राजनीतिक हस्तक्षेप वा पक्षपात नगरेको र नितान्त षड्यन्त्रको शिकार भएको दाबी गरेका छन्। साथै, तोडफोड, आगजनी र लुटपाट गर्ने जो कोहीप्रति कारबाही गर्नुपर्ने र युवाको भावना समेटेर सुधारको प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्।


