आईसीसी लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाली ब्याटर इशान पाण्डेले लगातार दोस्रो एकदिवसीय अर्धशतक पूरा गरेका छन्। उनले ६१ बलमा ३ चौका र १ छक्कासहित अर्धशतक बनाएका हुन्।
खेलमा नेपाल ३४.४ ओभरमा २ विकेट गुमाएर १६८ रनको अवस्थामा छ। कप्तान रोहित पौडेल पनि क्रिजमा टिकिरहेका छन्।


