दुर्गा प्रसाईं को थुना प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा रिट निवेदक र सरकार पक्षबीच बहस भइरहेको हो।
प्रसाईंको थुनामुक्तिको माग गर्दै दायर रिटमाथि आजै आदेश आउने सम्भावना रहेको बताइएको छ। उनलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा पक्राउ गरिएको थियो।


