Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपा सांसदले रविसँग उठाए सरकारबारे तीन गुनासो

रास्वपा सांसदले रविसँग उठाए सरकारबारे तीन गुनासो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सभापति रवि लामिछानेसँग छलफल गर्दै प्रधानमन्त्री बालेन्द्र शाह, मन्त्रीहरू र सरकारको कामकारबाहीबारे तीन प्रमुख गुनासो उठाएका छन्।

सांसदहरूले पहिलो गुनासोमा प्रधानमन्त्री र मन्त्रीसँग भेटघाट नपाएको, सचिवालयले जनगुनासो सुन्न नदिएको बताए। दोस्रो, सरकार र सांसदबीच दूरी बढेको र कामकारबाही प्रभावकारी नभएको कुरा उठाएका छन्। तेस्रो, पार्टी महाधिवेशनको तयारीमा नयाँ–पुरानो गुटबन्दी बढेको उनीहरूको गुनासो थियो।

सभापति लामिछानेले सांसदका विषयहरू सम्बोधन गर्ने र प्रधानमन्त्रीसँग छलफल गर्ने आश्वासन दिएका छन्। रास्वपा चाँडै उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने तयारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *