परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारततर्फको निर्यातमा देखिएको नीतिगत अवरोध हटेको जनाएको छ। भारतीय टी बोर्डको निर्देशिकाका कारण देखिएको समस्या कूटनीतिक पहलपछि समाधान भएको मन्त्रालयले स्पष्ट पारेको हो।
मन्त्रालयका अनुसार नेपाल–चीन परियोजना संयन्त्रको बैठक आगामी जुनमा काठमाडौंमा हुने तय भएको छ। साथै, विदेशमा अनलाइन स्क्यामिङमा फसेका ६८७ नेपालीको उद्धार पूरा भइसकेको र बाँकी कानुनी प्रक्रिया पनि अघि बढाइएको छ।


