कैलालीमा आयोजित एकता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा (नेपाली कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरुद्ध आन्दोलनका लागि सबैलाई तयार पारिरहेको बताएका छन्।
उनले सुकुम्वासी व्यवस्थापन, सीमा कर नीतिबाट गरिबमाथि असर, न्यायालयमा हस्तक्षेप र श्रमिक–विद्यार्थी अधिकारमाथि दमन भएको आरोप लगाउँदै व्यापक आन्दोलनको आवश्यकता रहेको बताए।


