काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ।
प्रहरीले सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुने’ सर्तमा दुवै जनालाई हिरासतबाट मुक्त गरेको जनाएको छ। उनीहरूलाई भदौ २३–२४ का घटनासम्बन्धी अनुसन्धानका लागि चैत १४ मा पक्राउ गरिएको थियो।
सर्वोच्च अदालतले थप म्याद नथप्न आदेश दिँदै अनुसन्धान जारी राख्नुपर्ने उल्लेख गरेपछि रिहा गरिएको हो।


