काठमाडौं । प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध भ्रमपूर्ण समाचार प्रकाशित गरिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन्।
“युवतीसहित रिसोर्ट पुगेको” भन्ने शीर्षकमा आएको समाचार तथ्यहीन रहेको दाबी गर्दै उनले पत्रकार दिनेश थापामाथि कानुनी कारबाहीको माग गरेका हुन्। गुरुङले उक्त समाचारले आफ्नो चरित्र हत्या गरेको आरोपसमेत लगाएका छन्।




