नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली विरुद्ध असन्तुष्टि चर्किंदै गएको संकेत देखिएको छ। सचिवालय बैठकमा महासचिव शंकर पोखरेल सहित उपाध्यक्षहरू र अन्य नेताहरूले पार्टी पुनर्गठन र नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका छन्।
उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले समेत ओलीले मार्गप्रशस्त गर्नुपर्ने संकेत दिएका छन्। यता, योगेश भट्टराईले नेतृत्व परिवर्तन नै समाधान हुन सक्ने बताएका छन्।
पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि एमाले कुनै एक व्यक्तिको “पेवा” नभएको टिप्पणी गर्दै नेतृत्व हस्तान्तरणको आवश्यकता औंल्याएकी छन्। बैठकमा बहस तीव्र बनेसँगै एमालेभित्र ध्रुवीकरण बढेको चर्चा छ।


