नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने सचिवालय बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। पछिल्ला बैठकमा अधिकांश सदस्यहरूले नेतृत्वले निकास दिनुपर्ने धारणा राखेका छन्।
उपमहासचिव योगेश भट्टराईले आफूले पनि अध्यक्षलाई मार्गप्रशस्त गर्न सुझाव दिएको बताए। तर, ओली तत्काल नेतृत्व छाड्ने पक्षमा नदेखिएको उनको भनाइ छ। बैठक आज बिहान गुन्डुस्थित ओली निवासमा बस्नेछ।


