Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बाढीपहिरोले मध्यपहाडी लोकमार्गसहित विभिन्न सडक अवरुद्ध

बाढीपहिरोले मध्यपहाडी लोकमार्गसहित विभिन्न सडक अवरुद्ध

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण पाँचथरस्थित मध्यपहाडी लोकमार्गका तीन स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। याङवरक गाउँपालिकाका ओयाम बजार, रिजालभीर र दोभान क्षेत्रमा पहिरो तथा बाढीले सडक र निर्माणाधीन पुलमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

यस्तै, हुम्लाको हिल्सा–सिमकोट सडकखण्डमा ढुंगामाटो खस्ने जोखिमका कारण आवागमन बन्द गरिएको छ। काभ्रे–सिन्धुलीको बीपी राजमार्गमा पनि सम्भावित बाढीलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक यथावत् राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *