राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुई दिने भ्रमणमा भारत जान लागेका हुन्।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै भारतीय जनता पार्टी (भाजपा) का नेताहरूसँग पनि छलफल हुने बताइएको छ।
यो भ्रमणलाई नेपाल–भारत सम्बन्ध र पछिल्लो कूटनीतिक परिस्थितिका कारण अर्थपूर्ण रूपमा हेरिएको छ।


