Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > लाम्पाटा सीमा क्षेत्रमा सुरक्षा टोली परिचालन

लाम्पाटा सीमा क्षेत्रमा सुरक्षा टोली परिचालन

बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटा क्षेत्रमा सीमा विवादपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। हुम्ला र बाजुराका स्थानीयबीच अघिल्लो झडपपछि अवस्था बुझ्न इन्स्पेक्टरको नेतृत्वमा १६ जनाको सुरक्षा टोली पठाइएको हो।

सुरक्षाकर्मीमा सशस्त्र प्रहरीसहितको टोली रहेको छ। विवादित क्षेत्रमा अस्थायी प्रहरी चौकी राख्ने विषयमा विवाद हुँदा झडप भएको थियो, जसमा केही व्यक्ति घाइते भएका थिए। हाल सुरक्षा टोलीले अवस्था मूल्यांकन गरी फर्कने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *