कैलालीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेशस्तरीय भेलामा देउवा समूह निकट नेताहरूको उल्लेख्य सहभागिता देखिएको छ।
भेलामा नेताहरूले पार्टी विभाजनतर्फ नलाग्न आग्रह गर्दै एकता, संवाद र सहकार्यमार्फत अघि बढ्नुपर्ने धारणा राखेका छन्। कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्रीसहित प्रदेश र केन्द्रीय स्तरका नेताहरूको उपस्थिति रहेको थियो।
नेताहरूले नेतृत्वलाई सबै पक्ष समेटेर अघि बढ्न सुझाव दिएका छन्।


