Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हुम्ला–बाजुरा सीमा विवाद अध्ययन गर्न सरकारी समिति गठन

हुम्ला–बाजुरा सीमा विवाद अध्ययन गर्न सरकारी समिति गठन

काठमाडौं । सरकारले हुम्ला र बाजुराको सीमा विवादको प्राविधिक अध्ययन गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ।

भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले विभिन्न मन्त्रालय र दुई प्रदेशका प्रतिनिधि सहभागी रहने गरी समिति बनाउने निर्णय गरेको हो।

समितिले सीमासम्बन्धी अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाउनेछ। हालै सीमा विवादलाई लिएर स्थानीय तहमा तनाव बढेपछि सरकारले अध्ययन प्रक्रिया अघि बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *