Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारी

हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारी

उद्योगमन्त्री गौरीकुमारी यादव ले बन्द अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः नियमित सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्। उद्योग निरीक्षणपछि उनले सरकारी उद्योग बन्द हुनु दुःखद् भएको भन्दै समस्या समाधानका लागि अध्ययन भइरहेको जानकारी दिइन्।

उद्योग व्यवस्थापनले पुराना मेसिन, कच्चा पदार्थ अभाव र आर्थिक सङ्कटका कारण उद्योग बन्द भएको जनाएको छ। कर्मचारीले ११ महिनादेखि तलब नपाएको र आपूर्तिकर्ताको बक्यौता समेत बढेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *