नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले विशेष महाधिवेशनबाट बनेको केन्द्रीय नेतृत्व जनअपेक्षा पूरा गर्न असफल भएको निष्कर्ष निकालेको छ।
धनगढीमा सम्पन्न भेलाले १५औँ महाधिवेशन निष्पक्ष बनाउन तटस्थ निर्वाचन समिति गठन गर्नुपर्ने र पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्नुपर्ने माग गरेको छ।
भेलाले निवर्तमान सभापति शेरबहादुर देउवामाथि लागेका आरोप–प्रत्यारोपको पुनः समीक्षा गर्न पनि आग्रह गरेको छ। साथै, सरकारको कार्यशैली, मलको अभाव, मूल्यवृद्धि र सुकुमबासी व्यवस्थापनमा देखिएको कमजोरीप्रति कडा आलोचना गरिएको छ।
नेतृत्वलाई सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न र पार्टीलाई एकताबद्ध बनाउन लचकता अपनाउन सुझाव दिइएको छ।




