एजेन्सी । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। पछिल्लो समायोजनअनुसार पेट्रोल प्रतिलिटर २.६१ रुपैयाँ र डिजेल २.७१ रुपैयाँले वृद्धि भएको हो।
यससँगै नयाँ दिल्लीमा पेट्रोल १०२.१२ रुपैयाँ र डिजेल ९५.२० रुपैयाँ पुगेको छ। यो महिनाभित्रको चौथो मूल्यवृद्धि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


