काठमाडौं । मितेरी सहकारीको करिब साढे १२ करोड रुपैयाँ हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।
अदालतले प्रतिउत्तर र प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको हो। म्यादभित्र उपस्थित नभए कानुनअनुसार मुद्दा अघि बढाइने चेतावनी समेत दिइएको छ।


