काठमाडौं । सरकारले वर्षे धानको समर्थन मूल्य निर्धारण गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मसिनो धानको ३ हजार ८६० रुपैयाँ तोकेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको हो।


