Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रतिनिधिसभा नियमावली मस्यौदामा विवाद, राष्ट्रियसभासँग जोडिएको प्रावधानप्रति प्रश्न

प्रतिनिधिसभा नियमावली मस्यौदामा विवाद, राष्ट्रियसभासँग जोडिएको प्रावधानप्रति प्रश्न

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदामा समावेश केही प्रावधानलाई लिएर संवैधानिक तथा कानुनी विवाद उत्पन्न भएको छ।

विशेषगरी संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको मत जोड्ने व्यवस्था राखिएको विषयलाई विज्ञहरूले संविधानविपरीत भन्दै आलोचना गरेका छन्। कानुनविद्हरूका अनुसार दुई सदनको मत जोडेर दुई तिहाइ पुर्‍याउने प्रावधान संसदीय अभ्यास र संविधान दुवैसँग असंगत छ।

त्यस्तै, नियमावलीमा सांसदलाई विशेषाधिकार दिने तथा अदालतमा प्रश्न उठाउन नपाइने जस्ता व्यवस्था पनि विवादित बनेका छन्। विज्ञहरूले यी प्रावधान संशोधन वा हटाउनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *