Friday, June 05, 2026
Home > मुख्य समाचार > मन्त्रिपरिषद् बैठकले चार महत्वपूर्ण निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकले चार महत्वपूर्ण निर्णय सार्वजनिक

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले नेपाल–चीन विद्युत् प्रसारण लाइन (चिलिमे–केरुङ) सम्बन्धी चीनलाई पठाउने प्रत्युत्तर स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।

त्यस्तै, सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको छ। साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *